Logo

टेलियालाई एनसेल लाभकरबाट उम्कन नदिने सरकारको दाबी, टेलिया भन्छ, हामी माथी करदाबी नै भएको छैन

टेलियालाई एनसेल लाभकरबाट उम्कन नदिने सरकारको दाबी, टेलिया भन्छ, हामी माथी करदाबी नै भएको छैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेल खरिदविक्री वापतको लाभकर वारे विवाद चलिरहेको बेलामा सम्बन्द्ध सरकारी अधिकारीहरुले जसरी भएपनि टेलियासोनेराबाट कर उठाउने दावी गरेका छन् । एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले बताए । ‘लाभकर उठाउने सम्बन्धमा आवश्यक परे स्विडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि कर उठाउँछौं,’ स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले शुक्रबार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) उनले भनेका छन, ‘‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसंधानको चरणमा छौं । टेलियाले कर तिर्नु पर्छ ।’

टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारी स्तरबाटै उठाउने उनको दावी छ । ‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै विदेश मन्त्रीलाई जानकारी गराउने छ,’ उनले भनेका छन्, ‘स्वीडेन सरकारमार्फत भएपनि टेलियालार्ई पूँजीगत लाभकर तिर भन्न सक्छौं ।’

नेपाली कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारको रुपमा चर्चित एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझएको छैन । उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले सेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।

सोही कार्यक्रममा टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्डले नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता भएको बताए । ‘हामी कर तिर्छौ यदि कानूनी आधार छ भने मात्र,’ उनले भने, ‘कानून आधारित नभएको कर तिर्नु कुनै विकल्प होइन र हामी माथी करको दाबी भएको पनि छैन ।’ कारोबार सम्पन्न हुने वितिक्कै आफुहरुसँग नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको समेत उनले बताए । तर, तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गराएको र त्यस पछि आफुहरुले सो सम्बन्धमा कुनै पत्र नपाएको उनको दाबी छ ।
सो टिभी कार्यक्रममा नेपालमा संसदीय समितिदेखि कर विज्ञ समेतले एनसेलतर्फ करको दायत्वि स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन केहि पहल नगरेको उल्लेख गरेको छ । सो कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व मुख्य सचिव विमल कोइराला, पूर्व सचिव विद्याधर मल्लिक लगायतले टेलियाले लाभकर तिर्नु पर्ने बताएका छन् ।

लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैनः अर्थमन्त्री महरा

कुराकानीमा अर्थ मन्त्री कृष्णबहादुर महरालो सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नु पर्ने बताएका छन् । नेपालको आयकर ऐनले त्यहि भन्छ । त्यसैले टेलियाले लाभकर तिर्नु पर्छ । राम्रो काम गरेको थियौं भनेर यसबाट उम्कन सक्दैन ।

कार्यक्रममा पूर्व अर्थ सचिव रामेश्व खनालले पनि टेलियासोनेरा जस्तो कम्पनीबाट यस्तो भनाईं आउनु राम्रो नभएको यसले नेपालीकै मन दुखाएको गुनासो गरे । यसैगरी पूर्व मुख्य सचिव विमल कोइरालाले भने टेलियाले लाभक तिुर्नपर्ने दावी गरे । ‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं । यो संसारकै कर कानूनहरुको तुलनामा आधुनिक छ,’ उनले भने, ‘टेलियाले जस्तो सुकै संरचनामार्फत लगानी गरेको भए बेचेको त यहि भएको सम्पत्ति हो नि ।’

उक्त टिभी कार्यक्रमको प्रस्तोता पनि नेपालको आयकर ऐन स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायीत्व बहन गर्न पनि सुझाएको छ । नेपालका अधिकारी, राजनितिक तह तथा सभासद भने टेलियालाई कर तिराउनलाई प्रयास गर्नु भन्दा एनसेल तथा खरिदकर्ता आजियाटालाई दबाब दिइरहेका उक्त कार्यक्रमले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL