Logo

कसरी चलाउने फोरजी ? यसो भन्छ टेलिकम !

कसरी चलाउने फोरजी ? यसो भन्छ टेलिकम !


रक्षा रेग्मी
0
Shares

काठमाडौं । जनवरी १ देखि नेपालमै पहिलो पटक नेपाल टेलिकमले बहुप्रतिक्षित फोरजी सेवाको व्यवसायीक शुरुवात गर्दैछ । व्यवसायीक शुरुवातको केही समयभित्र काठमाडौं तथा पोखरामा रहेका टेलिकमका सेवाग्राहीले फोरजीको मज्जा लिन सक्नेछन् ।

तर, टेलिकमका प्रयोगकर्ता मात्र भएर फोरजी सेवा लिन भने पाउने छैनन् । यसका लागि कम्तिमा आफुले प्रयोग गर्ने मोवाइल फोरजी सपोर्ट गर्ने हुनुपर्छ । टेलिकमले उपलब्ध गराउने फोरजी १८ सय मेगाहर्ज व्याण्डवीथ चल्ने मोवाइलमा मात्र सपोर्ट गर्छ । नेपालमा उपलब्ध सवै फोरजी सपोर्ट मोवाइलमा १८ सय मेगाहर्ज व्याण्डवीथ नभएकोले शुरुमा समस्या हुने टेलिकमको भनाइ छ । त्यसलाई सम्बोधन गर्नेगरी छुट्टै योजना ल्याउने समेत टेलिकमले जानकारी दिएको छ ।

त्यस्तै फोरजी सपोर्ट गर्ने मोवाइलमा पनि सिमका कारणले सेवाको प्रयोग गर्न नपाइने टेलिकमका सहप्रवक्ता सोभन अधिकारी बताउँछन् । उनका अनुसार टेलिकमले पहिला उपलब्ध गराएका सिमहरुमा फोरजी सपोर्ट गर्दैनन् । तर पछिल्ला समय निकालिएका सिममा भने फोरजी चलाउन सकिन्छ ।

कसरी चलाउने फोरजी ?

मोवाइलमा फोर जी सेवा सुचारु गर्न एलटीइ (लङ टर्म इभ्यालुएशन) इनेवल गर्नुपर्छ । यो मोवाइलमा थ्रीजी इनेवल गरे जसरी गर्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले फोजी सेवा प्रयोग गर्न सक्नेछन् । एलटिइ इनेवल गर्न टेलिकमले कोर्ड उपलब्ध गराउँछ । फोरजी सार्वजनिक गर्नुअघि आफ्ना ग्राहकलाई सो कोड उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले फोरजीको मूल्यको बारेमा भने अझै टुङ्गो लगाउन सकेको छैन । हाल सो सम्बन्धमा विस्तृत अध्ययन भइरहेकोले केही समयभित्रै मूल्य निर्धारण गरिने भएको छ । तर फोरजीको मूल्य थ्रीजीको तुलनामा केही महंगो हुने टेलिकमले जानकारी दिएको छ ।

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । हाल थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् ।

कस्तो अवस्थामा उपयोगी ?

उपभोक्ताले उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिनु पर्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्विर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ । अन्य सामान्य अवस्थामा भने थ्रीजी सेवा नै उपयुक्त हुने अधिकारीले जानकारी दिए । थ्रीजी फोरजीको तुलनामा धेरै सस्तो हुने भएकोले पनि सामान्य फाइल डाउनलोड तथा कम क्षमताका वेव चलाउँदा थ्रीजी उपयुक्त हुन्छ । ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न मात्र फोरजी सेवा उपभोग गर्न टेलिकमको अनुरोध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL