Logo

सरकारले ल्याएको निर्यात व्यापारका लागि एउटै प्लेटफर्म, के–के छन् सुविधा ?

सरकारले ल्याएको निर्यात व्यापारका लागि एउटै प्लेटफर्म, के–के छन् सुविधा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आयात निर्यात गर्ने व्यवसायीलाई लक्षित गर्दै नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गरेको छ । विश्व बैंकको सहयोगमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उक्त पोर्टल सार्वजनिक गरेको हो ।

एक कार्यक्रमबीच वाणिज्य मन्त्री रोमी गौचन थकालीले उक्त वेवसाइटको लञ्च गरेका हुन् । नेपालका व्यापारीहरुलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप उक्त पोर्टल ल्याइएको मन्त्री थकालीले जानकारी दिए । ‘व्यवसायीले उक्त पोर्टलमार्फत सम्पूर्ण जानकारी लिन सक्नेछन्,’ उनले भने, ‘जसले गर्दा व्यवसायीलाई समयको बचत हुनुका साथै सवै सुचना एकै स्थानबाट पाउनेछन् ।’
नेपाल सरकारले तुलनात्मका लाभका बस्तुलाई निर्यातको सुचीमा राखेर प्रवद्र्धन गरेको जानकारी दिँदै आगामी दिनमा त्यस्ता बस्तु उत्पादन तथा निर्यातमा लाग्न थलाकालीले सुझाव दिएका छन् । नेपालको संविधानले खुला बजार अर्थतन्त्रलाई अंगिकार गरेको जानकारी दिँदै सरकारले त्यसलाई पूर्णताका साथ कार्यान्वयनमा ल्याउने उनको भनाइ थियो ।

यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शमा उपाध्यक्ष राजेन्द्र मल्ले आगामी दिनमा प्रवद्र्धन केन्द्रले डाटा बैंकको काम मात्र नगरी नेपाली बस्तुलाई विश्वसामु चिनाउन प्रंवद्र्धनात्मक काम गर्नुपर्ने बताए । ‘सरकारको काम कति आयात निर्यात भयो भनेर तथ्याङ्क अपडेट गर्ने मात्र होइन,’ उनले भने, ‘आगामी दिनमा तुलनात्मक लाभका बस्तु निर्यातका लागि सरकारले प्रवद्र्धनात्मक काम गर्नपर्छ ।’ साथै व्यवसायीक हकहितका काम गर्न समेत उनले सुझाव दिएका छन् ।

उक्त वेवसाइट लञ्चसँगै आगामी दिनमा व्यवसायीले आयात/निर्यातका लागि विभिन्न एउटै पोर्टलबाट सम्पूर्ण जानकारी पाउन सक्नेछन् । जसका लागि www.nepaltradeportel.gov.np मा लगइन गर्नु पर्ने हुन्छ । जसका भन्सार आयात निर्यात गर्दा हुने भन्सारमा हुने अवरोध, पालना गर्नुपर्ने नियम, सम्भाव्यताका क्षेत्रजस्ता विषयमा जानकारी पाउने सकिने छ । उक्त पोर्टलमार्फत नव प्रवेशी व्यवसायीहरुले पनि सहज रुपमा निर्यात व्यापार गर्न सक्ने केन्द्रले जानकारी दिएको छ । साथै, कुन देशमा कस्तो सामान निर्यातको सम्भावना छ भन्ने विषयमा समेत पोर्टलबाट जानकारी दिने सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL