Logo

‘गहना बजार’ एप सार्वजनिक, अन्तरराष्ट्रिय बजारमा समेत विस्तार गरिँदै

‘गहना बजार’ एप सार्वजनिक, अन्तरराष्ट्रिय बजारमा समेत विस्तार गरिँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ पुस, काठमाडौं । आइटी कम्पनी विधि प्रालीले नेपालमा पहिलो पटक गहनाबारे तस्बिरसहित सम्पूर्ण जानकारी गराउने मोवाइल एप ‘गहना बजार’ सार्बजनिक गरेको छ । घरमै बसिबसि काठमाडौंका प्रतिष्ठित गहना पसलका सुन तथा हिराका गहना छान्न पाउने सुविधा यस एपले मोवाइलमै उपलब्ध गराउन भएको छ । ‘ग्राहकलाई गहना छान्न पसलमै पुग्नुपर्ने अबस्थालाई सहज बनाउन हामीले यो एप ल्याएका हौं,’ विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले भने ।

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध ‘गहना बजार’ मा उपभोक्ताले गहनाका विभिन्न डिजाइनका तस्बिर हेर्दै छान्न सक्नेछन । साथै, कम्पनीले आइओएस प्लेटफर्ममा यसै साता उपलब्ध गराउने भएको छ । गहना बजार एप प्ले स्टोरमा उपलब्ध भएको एक सातामै ९ हजार पटक डाउनलोड भइसकेको छ । यस एपमा आफ्नो क्षमता अनुसारका सुनका सम्पूर्ण गहनाहरु छान्न सकिनेछ ।

हाल सामान्य ग्राहकलाई पसलेले कति तौलको गहना दिएको छ भन्ने जानकारी हुँदैन भन्दै यस एपले एपले ग्राहकले किन्ने गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाव गर्ने तरिकासमेत सिकाने कम्पनीले जानकारी दिएको छ । एप्समा दैनिक सुनको मूल्य आफंै अपडेट हुन्छ ।

‘ब्यस्त ब्यक्तिहरुलाई घरमै बसेर गहना छान्न सजिलो होस् भनेर यस्तो एप्प विकास गरेका हौं, सापकोटाले भने, ‘यसलाई अन्तराष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना छ ।’ एपले किनमेलको शैली परिवर्तन गर्ने कम्पनीको दावी छ । आफ्जो मोवाइलमा गहना बजार एप डाउनलोड गरे गहना छानेमा ज्यालामा १५ देखि ३० प्रतिशतसम्म छुट दिइने समेत सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL