Logo

फेसबुकमा फेरि अर्को समस्या, लाखौं प्रयोगकर्ताको पासवर्ड असुरक्षित

फेसबुकमा फेरि अर्को समस्या, लाखौं प्रयोगकर्ताको पासवर्ड असुरक्षित



काठमाडौं । गत हप्तामात्रै अहिलेसम्मकै ठूलो समस्या भोगेको चर्चित सामाजिक सञ्जाल फेसबुक फेरि अर्को समस्यामा फसेको छ । अघिल्लो हप्ता फेसबुक र इन्स्टाग्राममा ठूलो सुरक्षा समस्या आउँदा यो प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेको थियो ।

laxmi

नेपाली समय अनुसार बुधबार राति फेसबुकमा अर्को समस्या आयो । फेसबुकको लाइट एप्स प्रयोगकर्तासहित लाखौं अन्य फेसबुक प्रयोगकर्ताको पासवर्ड सर्भरमा सामान्य अक्षरमा राखेको पाइयो । त्यतिमात्र होइन यो समस्या इन्स्टाग्राममा समेत देखियो ।

यसरी लाखौं पासवर्ड प्लेन टेक्स्टमा राख्दा फेसबुकमा इन्जिनियर जो यसको डेटा सर्भरमा काम गर्छन् उनीहरुले सजिलै त्यसलाई पढ्न सक्छन् । प्रयोगकर्ताको पासवर्ड यसरी कसैले पनि सजिलै पढ्न सक्ने गरी राख्न पाईंदैन ।

फेसबुकले आफ्नो पछिल्लो समस्या स्विकार गरेको छ । यसबारे सम्बन्धित प्रयोगकर्तालाई जानकारी गराइसकेको पनि फेसबुकले जनाएको छ । यद्यपि कम्पनीले यसमा सुरक्षा खतरा रहेको भन्ने विषयमा असहमति जनाएको छ । इन्जिनियरहरु भने प्लेन टेक्स्टमा रहने पासवर्डले प्रयोगकर्तालाई समस्या आउन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL