Logo

४५ जिल्लामा स्मार्ट टेलिकमको सेवा विस्तार, १९ जिल्लामा पुग्यो फोरजी

४५ जिल्लामा स्मार्ट टेलिकमको सेवा विस्तार, १९ जिल्लामा पुग्यो फोरजी



काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले आफ्नो नेटवर्क ४५ जिल्लाहरुमा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगर लगायत नेपालका आधिकांश प्रमुख शहरहरुमा विस्तार गरेको हो ।

उक्त विस्तारसँगै कम्पनीको फोरजी सेवा अब १९ जिल्लामा, टुजी सेवा २६ जिल्लाहरुमा पुगेको छ । स्मार्टको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ्ग, झापा तथा सुन्सरीमा पुगिसेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय, दू्रत सेवा तथा कभरेजद्वारा ग्राहकलाई सेवा प्रदान गरी अगाडि बढाउन आफ्नो लगानी वृद्धिसमेत गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL