Logo

प्रहरीले हचुवाको भरमा वारेन्ट जारी र पक्राउ गरेको छ : हिरासतमा रहेका डा. रुप ज्योतिको ब्रिफिङ (एक्स्क्लूसिभ)

प्रहरीले हचुवाको भरमा वारेन्ट जारी र पक्राउ गरेको छ : हिरासतमा रहेका डा. रुप ज्योतिको ब्रिफिङ (एक्स्क्लूसिभ)



काठमाडौं । व्यवसायीक घराना ज्योति ग्रूपका उपाध्यक्ष डा. रुप ज्योतिले पछिल्लो समय आफु र आफ्नो परिवार विरुद्ध प्रहरीले हचुवाको भरमा वारेन्ट जारी गर्दै पक्राउ गर्न थालेको बताएका छन् । ल्याण्डमार्क हाउजिङको नाममा ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका ज्योतिले बुधबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

‘पहिलो कुरा उक्त कम्पनीमा हाम्रो परिवारको कुनै पनि सदस्य संचालकमा छैन सेयर होल्डर मात्र हो,’ उनलाई भेट्न प्रहरी हिरासतमा पुगेका चेम्बर प्रतिनिधिमण्डलसँग भने, ‘अहिले उक्त कम्पनीसँग सरोकार नै नभएको सम्पूर्ण परिवारको नाममा उजुरी आएको छ त्यसैको नाममा प्रहरीले वारेन्ट जारी गर्दै पक्राउ गर्न सुरु गरेको छ ।’ अहिले घटनाको वास्तविकताभन्दा पनि कसरी फसाउने भन्ने विषयमा बढि केन्द्रित भएको समेत उनको भनाई थियो ।

अहिले प्रहरीले उक्त कम्पनीको सम्बन्धित व्यक्ति को हो ? कसको नाममा उजुरी आउनु पर्ने हो भन्ने विषय नै पहिचान नगरी वारेन्ट जारी गर्दै पक्राउन गर्न थालेको छ । उदाहरणका लागि कसैले भुतले ठगी गर्यो भन्ने हल्ला चलायो र प्रहरीले सोही आधारमा भुतकै नाममा वारेन्ट जारी गर्दै पक्राउ गर्न थाल्यो । तर, त्यो भुत को हो भन्ने विषयमा अन्यौलमै रहेको छ ।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको तर्कबाट राज्यका निकायसँग छलफल गरिरहेको जानकारी दिँदै केही दिनमै समस्या समाधान हुने आश्वासन दिएका थिए । ‘यहि विषयलाई लिएर चेम्बरले प्रधानमन्त्री देखि राज्यका अन्य निकायहरुसँग पनि छलफल गरिरहेको छ,’ उनले भने, ‘उहाँहरुबाट आश्वासन आएको छ १÷२ दिनमै यसको नतिजा आउने छ ।’

हाल अदालती प्रक्रियामा रहेको सो मुद्दामा विरोध तथा आन्दोलन गर्नुभन्दा पनि कानूनी रुपमा समस्याको समाधान खोज्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL