Logo

नयाँ ट्याक्सी दर्ता : मन्त्रालय र विभागबीच चर्काचर्की, ब्यवसायीको मिलेमतो

नयाँ ट्याक्सी दर्ता : मन्त्रालय र विभागबीच चर्काचर्की, ब्यवसायीको मिलेमतो



काठमाडौं । विभिन्न समयमा नयाँ ट्याक्सी दर्ता खोल्नका लागि जनदवाव आईरहँदा पनि सरकार यसबारे बेखवर नै छ । सरकारले करिव २० बर्ष अघिदेखि नयाँ ट्याक्सी दर्ता खोलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात ब्यवस्था विभागले विभिन्न समयमा यसको बारेमा कुरा उठाएपनि मन्त्रालयले भने त्यसको पक्षमा ध्यान नदिएको देखिएको छ । हाल उपत्यकामा मात्रै करिव ११ हजार ट्याक्सी छन जुन २०७२ सालको भुकम्पमा ३ हजार ३ सय ५० ओटा र ७ हजार ५ सय ओटा २०५७ साल अघि दर्ता गरिएको थियो ।

laxmi

यातायात ब्यवस्था विभागले ६ महिना अघि नयाँ ट्याक्सी दर्ताका लागि मन्त्रालयमा नयाँ मापदण्ड बनाएर पठाएको भएपनि सोही अनुसार मन्त्रालयले चासो नदेखाएको पाईएको छ । विभागका तत्कालिन महानिर्देशक लावण्ड्य कुमार ढकालले नयाँ ट्याक्सी दर्ताका लागि मापदण्ड मन्त्रालयलमा पठाईसकेको बताएका थिए । त्यसपश्चात मन्त्रालयले उक्त मापदण्ड विभागबाट मन्त्रालयलसम्म नआएको जानकारी दिएको थियो । तर हाल मन्त्रालयले उक्त मापदण्ड मन्त्रीपरिषदमा पठाउने भन्दै रोकिराखेको खुलेको छ ।

नयाँ ट्याक्सी दर्ता नखोल्ने सरकारी दाउ
यसरी हेर्दा सरकारले नै नयाँ ट्याक्सी नखोल्ने मनसाय गरेको देखिन्छ । २० बर्ष अघिमात्रै ट्याक्सी दर्ता रोकिएको बेलामा नेपालभर ट्याक्सीको जम्मा संख्या १६ हजार ५ सय थियो सोही संख्या हाल न बढेको छ न घटेको नै छ । जनता पक्षले बेलाबेलामा नयाँ ट्याक्सीको दर्ता खोलिनुपर्छ भन्दै माग गरिरहेको भएपनि सोही अनुसार सरकारले मागको ध्यान दिएको नपाईएपछि सरकारनै व्यबसायीसँगको मिलेमतोमा लागेको जस्तो देखिएको छ ।

ब्यवसायीसँगको साँठगाँठ
२०६९ सालमा थप ५ हजार नयाँ ट्याक्सी दर्ताका लागि विभागलाई स्वीकृती दिएपनि सोही अनुसार ट्याक्सी दर्ता खुलेको थिएन । सो स्वीकृती पनि मन्त्रालय गएर अड्किएको थियो । सो स्वीकृतीमा मन्त्रालयले ब्यबसयाीसँगको मिलेमतोमा नै उक्त निर्णय खारेज गरेको एक स्रोतले जानकारी दिएको छ ।

ब्यबसायीलाई फाईदा
सरकारले नयाँ ट्याक्सी दर्ता नखोलीदिँदा हाल रहेका पुराना ट्याक्सी ब्यबसायीलाई फाईदा हुने देखिन्छ । हालका ब्यबसायीले ट्याक्सीको आफ्नै भाडा तोकेका छन जुन नयाँ ट्याक्सी प्रतिश्पर्धामा आउँदा उक्त भाडा घट्नेछ । यस्तै हालका ब्यवसायीहरुले आफ्नो पुरानो ट्याक्सीको नंवर प्लेट बेच्दा मात्रै १० देखि १२ लाख रुपैयाँसम्म लिने गरेको देखिन्छ । तर सरकारले नयाँ ट्याक्सीको दर्ता खोलीदिँदा ब्यवसायीले आफ्नो पुरानो नंवर प्लेट बेच्न पाउँदैनन ।

नयाँ ब्यवसायी आउन नदिने मनसाय
हालका ट्याक्सी ब्यवसायीहरुले नयाँ ट्याक्सी ब्यबसायी आउन नदिनकै लागि भनेपनि मन्त्रालयसँगको साँठगाँठमा नयाँ दर्ता नखुलाउन लागिपरेको पाईन्छ । हाल मन्त्रालय पनि ब्यवसायीले भनेजस्तै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिपरेको देखिदैन । ट्याक्सी ब्यवसायीले पनि हाल बजारमा विभिन्न किसिमका माग राख्दै बर्षैपिच्छे भाडा बढाउन माग गर्ने गरेका छन । सरकारले सातै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता नखोलेको २० बर्षभन्दा बढि भयो ।

एयरपोर्टको ट्याक्सीमा मिटर नै छैनन
सरकारले ट्याक्सीमा मिटर राख्नुपर्ने ब्यवस्था गरेपनि नेपालको एकमात्रै अन्तररष्ट्रिय विमानस्थल त्रिभुवन अन्तररष्ट्रि एयरपोर्टमा चल्ने प्रायजसो ट्याक्सीमा मिटर राखिएको देखिँदैन । सरकारले एयरपोर्टमा समेट ट्याक्सीको दर्ता २०५० सालमा रोकेको हो । २० बर्ष पुराना ट्याक्सी फालेर नयाँ ट्याक्सीमा पुरानै नंवर प्लेट राखिएको छ । हाल एयरपोर्टमा २ सय ७ ओटा ट्याक्सी छन जसमध्ये प्रायजसोमा मिटर राखिएको छैन ।

मन्त्रालय धाउँदै व्यबसायी
ट्याक्सी ब्यवसायीले नयाँ ट्याक्सीको दर्ता नखुलाउनका लागि दवाव दिन मन्त्रालय तथा विभिन्न निकायमा धाउने गरेको एक स्रोतले जानकारी दिएका छन । स्रोतका अनुसार हाल पनि ब्यबसायीले मन्त्रालयमा दवाव दिएकै कारण विभागबाट पठाएको मापदण्ड मन्त्रालयले हालसम्म नहेरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL