Logo

सेयर बजारमा सरकारले लगाएको अतिरिक्त कर तत्कालाई स्थगित, अध्ययन समितिको सुझावको आधारमा नयाँ कर

सेयर बजारमा सरकारले लगाएको अतिरिक्त कर तत्कालाई स्थगित, अध्ययन समितिको सुझावको आधारमा नयाँ कर



काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा लगाएको पूँजीगत लाभकर तत्कालका लागि स्थगित गरेको छ । आन्तरिक राजस्व विभागले आईतबाट सुचना जारी गर्दै हकप्रद र बोनस सेयर जारी पश्चातको औषत आधार मूल्य तयको मौजुदा व्यवस्था परिमार्जन गर्दै सो वापत पनि लाभकर लाग्ने व्यवस्था गरेको थियो । तर, सेयरलगानीकर्ताहरुले सोको विरोधमा कारोबार नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि तत्काललाई सो व्यवस्था स्थगित गर्दै सो विषयमा अध्ययनका लागि एक समिति गठन गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

लगानीकर्ताहरु आन्दोलनमा उत्रिएसँगै सरकारले लाभकर बारे अध्ययन गर्न एक समिति बनाएको छ । तर, सेयर लगानीकर्ता भने उक्त समितिलाई व्यवस्था गर्दै आन्दोलनलाई जारी राख्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले आज वार्तामार्फत तत्काललाई नयाँ व्यवस्था स्थगित गरी थप अध्ययन गर्ने निर्णय गरेको हो ।

सरकारसँग आज भएको वार्ता सफल भएको र तत्कालका लागि सरकारले ल्याएको नयाँ व्यवस्था स्थगित गर्ने सहमति भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘केही समयअघि भएको वार्तासँगै सरकारले हकप्रद र बोनस सेयरमा लागू गरेको नयाँ कर सम्बन्धी व्यवस्था स्थगित गर्ने छ भने आन्दोलनमा उत्रिएका हामी लगानीकर्ताले पनि कारोबार सुचारु गर्नेछौं,’ उनले भने, ‘सो सम्बन्धी अध्ययनका लागि एक समिति गठन गरिएको छ सो समितिले दिएको रिपोर्टको आधारमा कसरी कर लगाउने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।’ उक्त समितिले अबको १५ दिनभित्र अध्ययन रिपोर्ट पेश गर्ने समेत उनले जानकारी दिए ।

अर्थमन्त्रालयले लाभकर बारे अध्ययन गर्न मंगलबार अर्थमन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको छ । जसमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र लगानीकर्ता रहेका छन् । लगानीकर्ता उक्त समितिमा रहेर सुझाव दिने समेत पौडेलले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL