Logo

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हो ।

सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट आयोजना निर्माणको सम्झौता खारेज गरेको थियो ।

मन्त्रिपरिषद बैठकपछि पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय अनुसार प्राधिकरणलाई दिएको बताए ।
मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण गरिने छ । साथै सो समितिले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL