Logo

विना स्वादको जीवनजल ल्याउने तयारीमा नेपाल औषधि, पुसदेखि सिटामोल

विना स्वादको जीवनजल ल्याउने तयारीमा नेपाल औषधि, पुसदेखि सिटामोल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत बैशाखदेखि पुनः सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडले विना स्वादको जीवनजल उत्पादनको तयारी थालेको छ । सरकारी स्वामित्वको कम्पनीले छठ पछाडीबाट बजारमा ल्याउने गरी विना स्वादको जीवनजल उत्पादनको तयारी गरेको कम्पनीका महाप्रबन्धक रोभस कुसुम सुवेदीले जानकारी दिए ।

वयस्कहरुको माग अनुसार कम्पनीले स्वाद विनाको जीवनजल उत्पादन गर्न लागेको हो । ‘हाल उत्पादन गरिरहेको सुन्तला स्वादको जीवनजल बच्चाहरुले रुचाएका छन्,’ उनले भने ‘वयस्कहरुले भने स्वाद नभएको जीवनजल उत्पादन गर्न माग राखेका छन् ।’

कम्पनीले हाल दैनिक ३ हजार प्याकेटसम्म जीवनजल उत्पादन गर्दै आएको छ । विशेषगरी मध्यमाञ्चलमा जीवनजलको माग रहेको उनले जानकारी दिए । त्यस्तै कम्पनीले सुदुरपश्चिम, मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चलमा जीवनजल वितरण गर्दै आएको छ ।

त्यस्तै कम्पनीले आगामी पुसदेखि सिटामोल उत्पादन शुरु गर्ने भएको छ । असोजदेखिनै बजारमा लयाउने भनिएपनि बाहिरबाट सामान आउन ढिलाई भएपछि उत्पादन शुरु नभएको सुवेदीले जानकारी दिए । उनका अनुसार हाल मेसिन जडानको काम भइरहेको तथा केही मेसिन अहिलेसम्म पनि नआइपुगेको समेत उनले जानकारी दिए ।

उनका अनुसार दोश्रो चरणमा कम्पनीले बजारमा अत्याधिक माग भएका अन्य १५ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । नेपाल औषधि कम्पनी २०६६ सालदेखि बन्द रहेको थियो । बन्द अवस्थामा रहेको सो उद्योगलाई तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL