Logo

विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक बृद्धिदर साढे ४ प्रतिशतमा सिमित

विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक बृद्धिदर साढे ४ प्रतिशतमा सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व बैंकले चालू आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलब ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आबमा देशको आर्थिक बृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने साढे ४ प्रतिशतमा सिमित हुने बताएको हो ।

तराइमा आएको बाढीका कारण यस वर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने विश्व बैंकले बताएको हो । ‘नेपालको कृषिको ८० प्रतिशत हिस्सा तराइले ओगटेको र यस पटक आएको बाढीका कारण सबै क्षति हुन गई जीडीपीमा कृषि क्षेत्रको योगदान घट्ने छ,’ विश्व बैंक भन्यो, ‘यसैगरी १७ लाख मानिस र ६५ हजार घरपरिवारमा असर पर्दा त्यसले समग्र अर्थतन्त्रमा प्रभाव पर्ने निश्चित छ ।’

यसैगरी पछिल्लो समय देशमा भित्र्ने रेमिट्यान्स घट्दो क्रममा रहेको र त्यसको अवसर अर्थतन्त्रमा पर्ने विश्व बैंकले बताएको छ । ‘अहिले वैदेशिक रोजगारीमा जाने क्रम घटेको छ र भने उनीहरुले कमाएर पठाउने रेमिट्यान्सको बृद्धिदर पनि सोही अनुरुप ओरालो लागेको छ,’ विश्व बैंकका अर्थशास्त्री सुदिम्ना दाहालले भने, ‘बाढीका कारण नेपालको आन्तरिक उत्पादन घट्ने र रेमिट्यान्स पनि घट्दा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्नेछ ।’

यसैगरी संघीयताको कार्यान्वयनजस्ता विषयले गर्दा पनि नेपालको आर्थिक बृद्धिदरमा असर गर्ने विश्व बैंकको दाबी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL