Logo

आफ्नै पैसा लिन जाँदैनन् लगानीकर्ता, कोषमा जम्मा भयो ८ करोड

आफ्नै पैसा लिन जाँदैनन् लगानीकर्ता, कोषमा जम्मा भयो ८ करोड


रक्षा रेग्मी
0
Shares

काठमाडौं । लगानीकर्ता संरक्षण कोषमा हालसम्म करिब ८ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा कुनै पनि लगानीकर्ताले सम्बन्धित कम्पनीमा ५ बर्षसम्म बोनस तथा अन्य रकम लिन नगएकोे ७ करोड ९३ लाख रुपैयाँ जम्मा भएको कम्पनी रजिष्ट्रार कार्यलयको रजिस्ट्रार गीताकुमारी हुमेगाईले जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिब बर्षमा मात्रै २ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । बाँकी ५ करोड ८१ लाख रुपैयाँ गत आर्थिक बर्षमा जम्मा भएको थियो । यस अघि यस्तो रकम सम्बन्धित बैंक वित्तीय संस्थाले नै चलाउँदै आएका थिए । तर, लगानीकर्ता संरक्षण कोष व्यबस्थापन तथा संचालन कार्यबिधि ,२०७३ कार्यान्वयनमा ल्याएर सो रकम जम्मा गर्न थालिएको हो ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार हालसम्म १० ओटा कम्पनीले रकम जम्मा गरेका छन् । जसमध्ये सबैभन्दा बढी एनआईसी एसिया बैंकले ४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको छ । यसैगरी बोटलर्स नेपालले ३ लाख ९ हजार रुपैयाँ, बोर्टलर्स तराईले २१ लाख ७२ हजार रुपैयाँ जम्मा गरेको छ । जम्मा भएको रकममध्ये २ लाख ९४ हजार भने सम्बन्धित लगानीकर्ताले फिर्ता लगेका छन् ।

कार्यालयका अनुसार सो कोषमा सिटिजन्स बैंक इन्टरनेशनल, क्लिनइनर्जी बैंक, प्रुडेन्सियल फाइनान्स, पाथिभरा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स तथा एनएमबी बैंकले लगानीकर्ताहरूले ५ बर्षसम्म पनि लिनन आएको लाभांश जम्मा गरेको हुमेगाइले जानकारी दिइन् ।
कम्पनी ऐन २०६३ को दफा १८३ को उपदफा (१) अनुसार कुनै पनि लगानीकर्ताले ५ वर्षसम्म पब्लिक कम्पनीको सेयरमा लगानी गरेको रकमको बोनसलगायत अन्य लाभांस फिर्ता लिन नआएमा सम्बन्धित कम्पनीले उक्त रकम कोषमा जम्मा गर्नुपर्ने प्राबधान रहेको छ ।

कार्यालयले गत मङ्सिरमा पब्लिक कम्पनीहरूलाई यस्तो रकम कोषमा जम्मा गर्न सूचना जारी गरेको थियो । कोषमा लगानीकर्ताहरु साधारण सेयरमा आवेदन दिँदा नपरेको रकम तथा बोनस ५ बर्षसम्म फिर्ता लिन नआएमा सम्बन्धित कम्पनीले त्यस्ता पैसा सोही कोषमा जम्मा गर्नुपर्ने छ ।

कतिपय लगानीकर्ता कम्पनीले वितरण गरेका लाभांश रकम संकलन गर्न समेत जाँदैनन् । लगानीकर्ताले लाभांश वितरण गरेको जानकारी नपाएको कारणले पनि लिन नआएको उनले बताइन् ।

साथै नेपालभन्दा बाहिर रहेर वा लाभांश वितरण गर्ने कार्यालयसम्म पहुँच नहुने भएकोले पनि लगानीकर्ताले रकम संकलन नगरेको पाइएकोे छ । कतिपयले लगानीकर्ताले बोनस बापत थोरै रकम आएकाले पनि संकलन गर्न नआउने गरेको ृृृृउनले जानकारी दिइन् ।
यसरी लगानीकर्ताले संकलन नगरेको रकम सम्बन्धित कम्पनीमा जम्मा हुँदै आएकोमा गत मङ्सिरदेखि कोषमाजम्मा गर्नुपर्ने ब्यवस्था गरिएको हो ।

कोषमा जम्मा भएको रकममा पनि ठोस प्रमाण सहित कुनै पनि लगानीकर्ता दाबी गर्न आएको अबस्थामा भने रकम उपलब्ध गराइने कार्यालयका रजिस्ट्रार हुमेगाईले बताइन् । लगानीकर्ता बेखबर भएको हुनसक्ने भन्दै कम्पनी रजिष्ट्रारले आफ्नो वेव साइटमा उक्त रकमबारे सूचना राख्ने तयारी गरेको छ ।

लगानीकर्ता संरक्षण कोष कोषको रकम सरकारी कार्यालयमै खर्च गरिने ऐन तथा कार्यबिधिमा उल्लेख छ । ऐनअनुसार कोषमा रहेको रकम पूजीबजार, लगानी नीति, कम्पनी कानुन वा ब्यापार तथा ब्यवसाय सम्बन्धी पेसागत कानुनको सुधार गर्न, कार्यालय वा कम्पनीका कर्मचारीलाई प्रशिक्षण दिन वा कम्पनी प्रशासन सम्बन्धीलगायतका कार्यमा खर्च गर्न सकिनेछ ।

कोषको रकम खासगरी संस्थागत सुशासनका क्षेत्रमा काम गर्ने सरकारी निकायको पूर्वाधार विकास र कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च हुने उनले जानकारी दिइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL