Logo

नेपालको समर्थनमा सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत ८ औ पटक निर्वाचित, अमेरिकाले दियो बधाई

नेपालको समर्थनमा सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत ८ औ पटक निर्वाचित, अमेरिकाले दियो बधाई



काठमाडौं । भारत संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएको छ । भारत एशिया प्रशान्त श्रेणीको सीटमा एक्लो उम्मेदवार थियो । यससंगै भारत आठ पटक यस्को सदस्यमा चुनिन सफल भएको हो ।

laxmi

भारतसंगै २०२१–२२ कार्यकालका लागी परिषदको अस्थायी सदस्यमा आयरलैंड,मेक्सिको र नर्वे पनि सुरक्षा परिषदको अस्थायी सदस्यमा प्रदेश गरेका छन् ।

संयुक्त राष्ट्रका लागी भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले भारत निर्वाचित भएसंगै भारतले नेतृत्व जारी राख्ने र एक बृहतर बहुपक्षीय व्यवस्थाको नयां दिशा दिने बताए । भारतले १९२ मध्ये १ सय ८४ मत प्राप्त गरेको छ । अमेरिकाले भारतलाई निर्वाचित भएसंगै वधाई दिएको छ ।

चीन, नेपाल र पाकिस्तान समेत रहेको एशिया प्रशान्त समूहले अहिल्लो वर्ष जूनमा नै सर्वसम्मतिबाट भारतको उम्मेदवारीलाई समर्थन गरेकाले पनि भारतको जित निश्चित थियो । युएनमा हरेक साल ५ सीटका लागी चुनाव हुने गर्छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संयुक्त राष्ट्र संघकोको ६ प्रमुख हिस्सामध्ये एक हो । यसको मुख्य काम भनेको विश्वभर शान्ति र सुरक्षा सुनिश्चित गर्नु हो । त्यसका साथै संयुक्त राष्ट्र संघमा नयां सदस्यलाई जोड्नु र यसको चार्टरमा बदलावसंग जोडिएको काम सुरक्षा परिषदको कामको हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्
MBL