Logo

कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या ११८ पुग्यो, पछिल्लो २४ घण्टामा थपिए ७५ नयाँ संक्रमित

कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या ११८ पुग्यो, पछिल्लो २४ घण्टामा थपिए ७५ नयाँ संक्रमित



काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र कर्णाली प्रदेशका ७५ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा संक्रमितको संख्या सोही अनुसार पुगेको हो ।

आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २ जना पुरूष, २ का एक जना पुरूष, ३ र ४ का ३र३ जना पुरूष, ५ का ९ जना पुरूष, ८ का २ जना पुरूष, १० का ५ जना पुरूष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL