Logo

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक बस्दैं, नेपालीलाई स्वदेश ल्याउने विषयमा पनि छलफल हुने

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक बस्दैं, नेपालीलाई स्वदेश ल्याउने विषयमा पनि छलफल हुने



काठमाडौं । लकडाउनलगायतका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको छ।

laxmi

कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारले देशभर लागू गरेको लकडाउनको आज ६७औं दिन हो। पछिल्लो पटक थपिएको लकडाउनको समय जेठ २० गते सकिँदै छ।

लकडाउनसँगै कोरोना रोकथाम र आगामी रणनीतिका विषयमा छलफल गर्न दिउसो २ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्ने जनाएको छ।

त्यस्तै, आजको बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा पनि छलफल हुने जनाएको छ। सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL