Logo

कोरोना रोकथाममा चेम्बरको सक्रियता, जिल्ला जिल्लामा नगद र राहत सामग्री बितरण

कोरोना रोकथाममा चेम्बरको सक्रियता, जिल्ला जिल्लामा नगद र राहत सामग्री बितरण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बिभिन्न जिल्लामा नगद हस्तान्तरण तथा सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले लमही (दाङ) को लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

laxmi

त्यस्तै स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई ३ हजार माक्स, २५ किलो दरको १२ बोरा चामल, ५० किलो आलु तेल, नुनलगायतका सामग्रीहरु वितरण गरेको छ । साथै कोभिड १९ (कोरोना भाईरस) रोकथामका लागि १० वटा पिपिइसमेत हस्तान्तरण गरेकोे छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क स्थापना गरि काम सुरु गरेको छ भने, ५ हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL