कुमारी जब प्रालिको छैटौँ वार्षिकोत्सव सम्पन्न, अत्याधुनिक जब वेवसाईट र मोवाईल एपको शुभारम्भ

kumari job

काठमाडौं । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रालिले आफ्नो छैटौं वार्षिकोत्सव एक भव्य समारोहका बीच सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले www.kumarijob.comनामक वेवसाईटको स्तरबृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यक्तिको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रालिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

कुमारी जब प्रालिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जब प्रालिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब प्रा.लि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी कुमारी जब प्रा.लि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिईसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने कुरा बताए ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status