Logo

निवर्तमान सभामुख महरा पक्राउ, सजाय के हाेला ?

निवर्तमान सभामुख महरा पक्राउ, सजाय के हाेला ?


बिजखबर संवाददाता
108
Shares

काठमाडाैं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको हाे ।
महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको आरोप लागेकाे छ । पीडित शाहिले शुक्रबार प्रहरीमा महरा विरुद्द बलत्कार गरेको उजुरी दिएकी थिइन् ।
शाहिले उजुरि दिएपछि प्रहरीले आइतबार जिल्ला अदालतमा महरालाई पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले अनुमति दिएसँगै आइतबार साझ सरकारी निवास बालुवाटारबाट महरालाई प्रहरीले पक्राउ गरेको हाे।
महरामाथि फौजदारी मुद्दा लाग्ने छ । यो मुद्दासँगै महराको सांसद् पद समेत स्वत निलम्बन भएको छ ।  बलत्कारको आरोप प्रमाणित भएमा ७ देखि १० वर्षसम्मको जेल सजाय हुने कानुनि  व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL