Logo

रुष्ट उद्योगीलाई फकाउँदै अर्थमन्त्रीले भने, ‘एण्टिवायोटिकको डोज सकियो, व्यवसायीलाई भिटामिन बाड्दैछौं’

रुष्ट उद्योगीलाई फकाउँदै अर्थमन्त्रीले भने, ‘एण्टिवायोटिकको डोज सकियो, व्यवसायीलाई भिटामिन बाड्दैछौं’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा उद्योग व्यवसाय फस्टाउनका लागि सकारले भिटामिन नै वितरण गर्न लागेको बताए । ‘अहिले धेरै समस्या भएकाले सरकारले एण्टिवायोटिक खुवाईरहेको छ जसको असरका कारण केही थला परेको हो,’ उनले भने, ‘अब यसलाई उकास्न सरकार भिटामिन नै वितरण गर्न तयार छ ।’

सरकार अहिले सुधारको चरणमा रहेको र धेरै नियम कानून निर्माण तथा परिमार्जन गर्नुपर्ने भएकाले उद्योगी व्यवसायीहरु केही समस्यामा परेको उनको भनाई थियो । कानून निर्माणलाई उनले एण्टिवायोटिक औषधिसँग तुलना गर्दै उनले त्यसैका कारण केही समस्या आएको स्पष्ट पारे । ‘मानिसलाई धेरै रोग लाग्यो भने एकैपटक धेरै एण्टिवायोटिक चलाउनु पर्छ जसले गर्दा थला नै पर्छ,’ उनले भने, ‘अहिले धैरै कानूनहरु निर्माण गर्नुपर्ने भएकाले उद्योग व्यवसायमा पनि त्यहि समस्या आएको हो ।’

सरकारले समय सापेक्ष नियम कानून बनाएपछि उद्योग व्यवसाय उकास्नका लागि भिटामिनको रुपमा सोही अनुरुपको राहतका प्याकेज ल्याउने समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL