Logo

सिटी एक्सप्रेसको दशैं लक्षित निःशुल्क बस सेवा सुरु, प्राथमिकतामा विदेशबाट आउने नेपाली

सिटी एक्सप्रेसको दशैं लक्षित निःशुल्क बस सेवा सुरु, प्राथमिकतामा विदेशबाट आउने नेपाली



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ७ दिने निःशुल्क बस सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ बुधबार देखी संचालनमा ल्याएको हो ।

उक्त बस त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट शूरु भई रिङरोड परिक्रमा गर्ने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

विशेष गरि बैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुलाई लक्षित गर्दे दशैं मनाउन नेपाल आएका यात्रुहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले बस सेवा संचालन गरिएको हो ।

कम्पनीका प्रवन्ध निर्देशक चन्द्र ढकाल, ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का टप ११ जनाले संयुक्त रुपमा उक्त बस सेवाको उदघाटन गरेका हुन ।
उक्त बस सेवा असोज १७ गते देखी २३ गते सम्म संचालन हुने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL