Logo

मेलम्चीको पानी वितरणका लागि ६८४ किमी सडकमा पाइप, डेढ महिनामा सवै पाइप विछ्याइसक्ने

मेलम्चीको पानी वितरणका लागि ६८४ किमी सडकमा पाइप, डेढ महिनामा सवै पाइप विछ्याइसक्ने


रासस
189
Shares

काठमाडौं । मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६ सय ८४ किलोमीटर सडकमा पाइप विछ्याइएको छ ।

पहिलो चरणमा ७ सय २० किमी सडकमा पाइप विछ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६ सय ८४ किमी सडकमा पाइप विछ्याइएको छ । डेढ महिनामा ७ सय २० किमीमै पाइप विछ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप विछ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । असार मसान्तसम्म पहिलो चरणको पाइप विछ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन ।

पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जानकारी दिएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्ने निर्दैशनालयको दावि छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL