Logo

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौता,सबै स्वास्थ्य संस्थामा १०२ नम्बरको एम्बुलेन्स

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौता,सबै स्वास्थ्य संस्थामा १०२ नम्बरको एम्बुलेन्स


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार नासले देशभर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने जानकारी दिएको छ ।

जसको ब्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना पनि गर्ने छ ।

सो सम्झौता पत्रमा नीति, योजना र अन्तरराष्ट्रिय सहयोग बिभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

उक्त हस्ताक्षर कार्यक्रममा स्वस्थ्य मन्त्रालयका उच्च अधिकृतहरु र नेपाल एम्बुलेन्स सर्भिसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो हस्ताक्षर कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले बिगत लामो समय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेको बताए ।
यो सहकार्यले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपतकालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने उनको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL