Logo

घरमै बसेर बिजुली महशुल तिर्न सकिने, रिचार्ज कार्ड ल्याउँदै प्राधिकरण

घरमै बसेर बिजुली महशुल तिर्न सकिने, रिचार्ज कार्ड ल्याउँदै प्राधिकरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब विद्युत महशुल घरबाटै तिर्न मिल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मोबाईल एप्लिकेशन संचालनमा ल्याएसँगै बिजुलीको बिल तिर्न कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो ।

अनलाईनबाट बिजुलीको बिल तिर्न बैंक खाता तथा मोबाईल वा एसएमएस बैंकिङ मार्फत तिर्न सकिनेछ । जसको लागि प्राधिकरणले अनलाईन पेमेन्ट स्वीकृति लिएका विभिन्न अनलाईन गेटवेसँग सम्झौता समेत गरेको छ ।

मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल तिर्ने ब्यवस्थाको आज एक कार्यक्रमबीच उर्जा मन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका हुन् । साथै अनलाईन पेमेन्ट प्रणालीमा शुरुवाती चरणमा १५ दिनसम्म काठमाडौं उपत्यकामा परिक्षणको रुपमा चलाईने र त्यसपछि देशभर विस्तार गर्ने मन्त्री शाहीले जानकारी दिए ।

यसैगरी प्राधिकरले बिल तिर्नका लागि रिचार्ज कार्ड समेत ल्याउने तयारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘हामीले नेपाल टेलिकमको जस्तै रिचार्ज कार्ड ल्याउने तयारी गरेका छौं,’ उनले भने, ‘उक्त कार्डमार्फत पनि बिजुली महशुल भुक्तान गर्न सकिनेछ ।’

अनलाईन पेमेन्टका लागि महालक्ष्मी विकास बैंक, ई–सेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट, हिमाल रेमिट र सिटि एक्सप्रेस मनिट्रान्सफरले पहिलो चरणमा अनुमति पाएका छन् । यसैगरी हिमालयन बैंक, नेपाल ईन्भेस्टमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि सोका लागि आवेदन दिएको र केहि दिन भित्रै सम्झौता हुने प्राधिकरणले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL