Logo

संसदीय सुनुवाइबाट प्रधान न्यायाधीसमा पराजुलीको नाम अनुमोदन, यस्ता छन् योजना

संसदीय सुनुवाइबाट प्रधान न्यायाधीसमा पराजुलीको नाम अनुमोदन, यस्ता छन् योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदान गरेको छ । संवैधानिक परिषदद्वारा सिफारिश कायम मुकायम प्रधानन्यायाधीश पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संसद सचिवालय सिंहदरवारमा आइतवार बसेको समिति बैठकले परालुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुलेको छ ।

संसदीय सुनुवाइमा पराजुलीले आफ्ना भावी योजना समेत प्रस्तुत गरेका थिए । न्यायालयमा हुने विकृतिको अन्त्य गर्ने, छिटोछरितो न्याय दिने, अदालतमा विचाराधीन मुद्दाको संख्या घटाउने, अदालतमा मुस्कानसहितको सेवा प्रदान गर्ने लगायत कार्ययोजना उनले पेश गरेका छन् ।

अबका दिनमा अदातलको फैसला नटेर्नेलाई राज्यबाट पाउने सुविधा काट्नु पर्ने, पासपोर्ट, विद्युत र खानेपानीको लाइन काटी त्यस्ता सुविधाबाट बञ्चि गर्नुपर्ने बताए ।

समितिले पराजुलीको नाम अनुमोदन गरेसँगै उनले तत्कालै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहने गर्ने स्रोतले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL