Logo

यसरी निकालौं सिमकार्डबाट सुन, एक किलो सिमबाट निस्कन्छ १.६४ ग्राम सुन

यसरी निकालौं सिमकार्डबाट सुन, एक किलो सिमबाट निस्कन्छ १.६४ ग्राम सुन


बिजखबर संवाददाता
0
Shares

मोबाइलमा प्रयोग हुने सिमकार्डमा सुनको प्रयोग गरिएको हुन्छ । सिमकार्डको लामो समय प्रयोग गरिसकेपछि जब यो उपयोगविहिन हुन्छ, त्यतीबेला यसबाट सुन निकाल्न सकिन्छ । सिमकार्डबाट सुन निकाल्ने प्रविधि यस्तो छ ।

gold sim

सुन निकाल्नका लागि सिमकार्डसहित, ग्याँस, फ्राइपेन(ताबा), पेण्ट गर्दा प्रयोग गरिने ब्रस, सिसाको जार, हाते पञ्जा, हाइड्रोक्लोरिक एसिड, नाइट्रिक एसिड, अमोनियम थायोसाइनेट, सोडियम मेटाबाइसल्फाइट, बोरेक्स पाउडर, स्टेनोअस क्लोराइड तयार गर्नुहोस ।

सबै सिमकार्डलाई फ्राइपेनमा राखेर ग्याँसमा तताउनुहोस । सिमकार्डमा रहेको प्लाष्टिक रुपमा जल्नेसमयसम्म तताउनुपर्छ । यसरी जलेर बाँकी रहेको बस्तुलाई केहि समय चिस्याउनुहोस । त्यस्ता बस्तुलाई एकै ठाउँ राखेर मसिनो बनाउनुहोस ।

त्यसलाई कुनै एउटा भाँडोमा खन्याउनुहोस र एकसय मिलि लिटर हाइड्रोक्लोरिक एसिड राख्नुहोस । यसलाई फेरी सामान्य रुपमा ताप दिनुहोस ।

ताप दिदैं जाँदा १.५ मिलि लिटर नाइट्रिक एसिड मिसाउनुहोस । यसलाई एक घण्टासम्म त्यसै राख्नुहोस । त्यसपछि ७५ मिलि लिटर हाइड्रोक्लोरिक एसिड र १.५ मिलि नाइट्रिक एसिड राख्नुहोस ।

यसरी राखिएको एसिडलाई राम्रोसँग घोल्नुहोस त्यतिबेलासम्म पहेलो रङ देखिनेछ । त्यसमै एक चम्चा सोडियम मेटाबाइसल्फाइट राखेर घोल्नुपर्छ । यो घोललाई छानेर कुनै भाँडोमा राख्नुहोस । भाँडोमा बोरेक्स पाउडर पनि राख्नुपर्छ ।

अब यसलाई त्यतीबेलासम्म तताउनुहोस जबसम्म त्यहाँ रहेको बस्तु समाप्त नहोस । बस्तु समाप्त भइसक्दा त्यहाँ सानो पहेंलो बस्तु देखापर्नेछ जुन् सुन हो । यसलाई पानीमा राखेर चिस्याउनुहोस ।

एजेन्सीको सहयोगमा

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL