Logo

अशोक लेल्याण्डको भाईकिंग बस नेपालमा, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशनको क्षमता

अशोक लेल्याण्डको भाईकिंग बस नेपालमा, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशनको क्षमता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको लागि अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एलटि ईन्टरप्राईजेज प्रालिले बहुप्रतिष्ठित भाईकिंग बस भित्र्याएको छ । नयाँ बसको आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कार्यक्रमका प्रमुख अतिथि अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एलटि ईन्टरप्राईजेज प्रालिका निर्देशकहरु सन्दिप अग्रवाल र सुमन पोखरेल, एलटि ईन्टरप्राईजेज प्रालिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड बसका बिक्री तथा मार्केटिङ्ग प्रमुख ओम प्रकाश पिकेलगायतको उपस्थिती थियो ।

१८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर भाईकिङ बसहरुले न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता कम्पनीको छ ।
यस नयाँ भाईकिङ बसले हाल बजारमा भएको बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गर्ने कम्पनीको दावी छ ।

नयाँ भाईकिङ बसको प्रस्तुतीका क्रममा एलटि ईन्टरप्राईजेज प्रालि प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशललागत र आरामदायीको रुपमा बजार अवस्थालाई कब्जा जमाएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL