Logo

कुबेर मर्चेन्ट फाइनान्सको अध्यक्षमा चन्द्र टण्डन, समस्याग्रस्तबाट हट्दै

कुबेर मर्चेन्ट फाइनान्सको अध्यक्षमा चन्द्र टण्डन, समस्याग्रस्तबाट हट्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । कुबेर मर्चेन्ट फाइनान्सको अध्यक्षमा चन्द्र टण्डन नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष टण्डनलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

कम्पनीको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट नयाँ लगानीकर्ताहरुको तर्फबाट संचालकमा निर्वाचित भएका टण्डनलाई संचालक समितिले अध्यक्षमा चयन गरेको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव गोपाल घिमिरेको पनि उपस्थिति रहेको थियो ।

नयाँलगानीकर्ताहरुको प्रवेश पश्चात थप पूँजी लगानी गरी नेपाल राष्ट्र बैंकबाट तोकिएबमोजिम न्यूनतम पूँजीकोष कायम गराई संस्थालाई समस्याग्रस्त अवस्थाबाट छुटकारा दिलाउने प्रकृया शुरु गरिएको टण्डनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL