Logo

हुण्डाईको भुकम्प पीडित अयोजना, इओन ट्याक्सी खरिदमा शतप्रतिशत नगद फिर्ता

हुण्डाईको भुकम्प पीडित अयोजना, इओन ट्याक्सी खरिदमा शतप्रतिशत नगद फिर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाईले इओन गाडी खरिदमा शतप्रतिशत नगद योजना सार्बजनिक गरेको छ । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै सरकारले भुकम्प पीडितलाई बितरण गरेको १ हजार ५ सय ट्याक्सीमध्ये हुण्डाई इओन खरिद गर्ने एक जनालाइ शतप्रतिशत रकम फिर्ता योजना ल्याएको हो ।

नेपालमा पछिल्लो समय ट्याक्सीको रुपमा लोकप्रिय हुँदै गएको हुण्डाई इओन ह्याचब्याक सेग्मेन्ट अन्तरगत गर्छ । हुण्डाईले सो गाडी खरिदमा शतप्रतिशत रकम फिर्ताको साथै आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तीय तथा बीमा सुविधा समेत उपलब्ध गराउनेछ ।

बलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले गर्दा हुण्डाई इओन यात्रुहरु माझ बढी लोकप्रिय भएको कम्पनीको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL