Logo

उन्नतिका लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि नगद लाभांश

उन्नतिका लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि नगद लाभांश



काठमाडौं । उन्नति माइक्रोफाइनान्सले आफ्ना लगानीकर्तालाई ४० दशमलव ६३ प्रतिशत लाभाश वितरण गर्ने भएको छ । कम्पनीले ३८ दशमलव ६० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर वापतको २ दशमलव ०३ प्रतिशत नगद लाभांशगरी उक्त बोनस वितरण गर्न लागेको हो ।

laxmi

कम्पनी संचालक समितिको बुधबार साँझ बसकेको संचालक समितिको बैंठकले उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । सो वापत कम्पनीले आफ्ना लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ३ करोड ५८ लाख ६७ हजार रुपैयाँ वितरण गर्ने भएको हो ।

संचालक समितिले गरेको उक्त प्रस्तावलाई स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने भएको छ । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी दिनमा हुने साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL