Logo

असोज २ गतेदेखि भृकुटिमण्डपमा स्टक क्लियरेन्स मेला, दशैंका लागि सबै सामान एकै छानामुनी

असोज २ गतेदेखि भृकुटिमण्डपमा स्टक क्लियरेन्स मेला, दशैंका लागि सबै सामान एकै छानामुनी



काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जानकारी दिएको छ ।

laxmi

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । प्रत्यके बर्ष आयोजना हुने मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म आयोजना हुन लागेको हो । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।

‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL