Logo

१०८ संस्थामा सरकारको २ खर्ब २६ अर्ब सेयर लगानी, ९७ संस्थाको प्रतिफल शुन्य

१०८ संस्थामा सरकारको २ खर्ब २६ अर्ब सेयर लगानी, ९७ संस्थाको प्रतिफल शुन्य



काठमाडौं । सरकारले सेयर लगानी गरेको अधिकांश संस्थानको प्रतिफल शुन्य रहेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सरकारले कुल १ सय ८ वटा संस्थामा सेयर लगानी गरेकोमा ९७ संस्थाले कुनै प्रतिफल दिन सकेका छैनन् ।

laxmi

सो अबधिमा सरकारले विभिन्न संस्थामा २ खर्ब २६ अर्ब ७८ करोड रुपैयाँ सेयर लगानी गरेको छ । तर, सोमध्ये १ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ सेयर लगानी गरेको ९७ वटा संस्थाबाट कुनै प्रतिफल प्राप्त गरेको छैन ।

सरकारले आर्थिक बर्ष २०७४÷७५ मा विभिन्न संस्थामा थप ४४ अर्ब ८७ करोड रुपैयाँ सेयर लगानी गरेको थियो । जसमध्ये सरकारलाई नागरिक लगानी कोषबाट १ करोड ५७ लाखको बोनस सेयर र नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत १३ संस्थाबाट १७ अर्ब ४२ करोड ९० लाख प्रतिफल प्राप्त गरेको थियो । उक्त आबमा ९७ वटा संस्थाबाट कुनै प्रतिफल प्राप्त नहुँदा संस्था सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने महालेखाले औल्याएको छ ।

यसैगरी सरकारले गरेको ऋण लगानीबाट पनि ब्याज प्राप्त गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार विभिन्न ६४ संस्थामा २ खर्ब १० अर्ब ३६ करोड २५ लाख ऋण लगानी भएको देखिन्छ । जसबाट सरकारले ४८ अर्ब रुपैयाँ ब्याज रकम प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL