Logo

ओप्पोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट, फोन बजारमा ल्याउँदै ओप्पो

ओप्पोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट, फोन बजारमा ल्याउँदै ओप्पो



काठमाडौं । ओप्पोकोे पहिलो ५ जी स्मार्टफोनले ५जी सिई सर्टिफिकेट पाएको छ ।
स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएपछि कम्पनीको उक्त फोनले ५जी सर्टिफिकेट पाएको हो ।

laxmi

यस संगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको हो ।

स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । कम्पनीको उक्त फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त ब्याण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ ।

यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ ।

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङ हो । निरन्तर प्राविधिक नवप्रबर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको ब्यवसायिकरणका लागि बृहत्तरुपमा तयारी गरिरहेका छौँ ।’ ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा हेड अफ विजनेस ओभरसिज मार्केट, एलेन वुले भने ,‘ उपभोक्तालाई फाइभजी संग थप नजिक ल्याउनका लागि स्पोर्टन जस्ता बलिया साझेदारहरु संग लगातार सहकार्यका लागि हामी सदैव उत्साहित छौँ ।’

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL