Logo

कुबोट स्मार्टफोन नेपाली बजारमा, बजार मूल्य ९ हजार देखि साढे १६ हजार सम्म

कुबोट स्मार्टफोन नेपाली बजारमा, बजार मूल्य ९ हजार देखि साढे १६ हजार सम्म



काठमाडौं । काष्ठमण्डप एशिया इन्टरनेशनल कम्पनी नेपालको लागि कुबोट स्मार्टफोनका लागि आधिकारिक बितरकमा नियुक्त भएको छ । बुधबार आधिकारिक वितरकमा नियुक्त भएको कम्पनीले कुबोटका ६ ओटा नयाँ मोडेल नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ फोनहरुमा १ जीबी र १६ जीबी, २ जीबी र १६ जीबी, ३ जीबी र १६ जीबी तथा ३ जीबी र ३२ जीबीका मोडल रहेका छन् ।

बजारमा यी स्मार्टफोनहरु न्यूनतम ९ हजार रुपैयाँदेखि १६, हजार ५ सय रुपैयासम्ममा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कुबोटका यी फोनहरुमा लेटेस्ट एन्ड्रोयड भर्सन, ५ देखि ५.५ इन्चसम्मका उत्कृष्ट डिस्प्ले क्वालिटी, फिंगरप्रिन्ट, ड्यूल रियर क्यामरा जस्ता उत्कृष्ट विशेषताहरु छन् ।

यी फोनहरु नेपाली बजारमा उपलब्ध सोहि रेन्जका अन्य स्मार्टफोनको तुलनामा उत्कृष्ट र सस्तो मूल्यमा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL