Logo

नेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती

नेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती



काठमाडौं । केही समययता अस्थिर बनेको नेप्से परिसुचकमा दैनिक दोहोरो अंकको उतारचढाव हुन थालेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से परिसुचक मंगलबार सोही अनुपातमा ओरालो लागेको छ ।

बजारमा दैनिकजसो दोहोरो अंकको घटवढ भइरहँदा नेपाल धितोपत्र बोर्डले भने कर्मकाण्डी खालको विज्ञप्ती जारी गरेको छ । पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्ने कार्य अीन्तम चरणम पुगेको भन्दै संयमित हुन लगानीकर्तालाई आग्रह गरेको छ । साथै उक्त समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको भन्दै विज्ञप्ती जारी गरेको छ ।

बोर्डले विज्ञप्ती जारी गरिरहँदा मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ दशमलव ६१ अंकले घट्न पुगेको छ । दोहोरो अंकले गिरावट आएको बजारमा उत्पादनमुलक र अतिरिक्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

साताको तेस्रो दिन बजारमा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको परिसुचक १९२ अंकले घटेको छ । यसैगरी जीवन बीमा कम्पनीको सेयरमा पनि ४९ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा १५ दशमलव ६४ अंकले गिरावट आउँदा विकास बैंक समुहको परिसुचक २० दशमलव ७२ अंकले आरालो लागेको छ । पछिल्लो समय बजारमा बढी चलखेल भएको लघुवित्त समुहको परिसुचकमा पनि १८ दशमलव ४८ अंकले गिरावट आएको छ ।

दिनभर नेप्से परिसुचकमा दोहोरो अंकले गिरावट आउँदा कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । दिनभर कुल ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL