Logo

तामाकोशीको सर्वसाधारण सेयर बाँडफाँड, ५ हजार ७ सय आवेदन रद्द

तामाकोशीको सर्वसाधारण सेयर बाँडफाँड, ५ हजार ७ सय आवेदन रद्द



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक सेयर आज बाँडफाँड गरेको छ ।

आजै बाँडफाँड भएको सेयर न्युनतम ४० र अधिकतम ५० कित्ता परेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएको छ । उनका अनुसार ५० देखी १ हजार कित्ता सेयर माग गर्ने लगानीकर्तालाई गोला प्रथाद्धारा उक्त सेयर परेको हो ।

आयोजनाका अनुसार १ लाख ६१ हजार ३ सय जनालाई ४० कित्ता र १ लाख ७२ हजार ७ सय ७५ जनालाई ५० कित्ता परेको छ । ३ लाख ३९ हजार ७ सय ७५ आवेदक मध्ये ५ हजार ७ सय भन्दा बढी आवेदकको आवेदन रद्द गरेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले सर्वसाधारणका लागि बिक्री खुलाइएको १५ दिनपछि कम्पनीको सेयर बाँडफाँट गरेको हो । कम्पनीले कात्तिक १५ देखि २१ गतेसम्मका लागि बिक्री खुलाएको उक्त सेयरको लागि ३ लाख ३९ हजार भन्दा बढी आवेदन परेको थियो ।

आयोजनाले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो । आयोजनाले बिक्री खुलाएको उक्त सेयरको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL