Logo

दिनभर उतारचढाव भएको नेप्से अन्तमा घट्यो, एनएमबीले बढायो कारोबार

दिनभर उतारचढाव भएको नेप्से अन्तमा घट्यो, एनएमबीले बढायो कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दिनभर उतारचढाव हुँदै अन्तमा ओरालो लागेको छ । बिहीबार बजार खुलेदेखि नै घटवढ भइरहेको नेप्से परिसुचक अन्तमा १ दशमलव १४ अंकले घट्न पुगेको हो ।

बजारमा धेरैजसो समुहको परिसुचक हरियो भएपनि बैंक र जीवन बीमा समुहको परिसुचक घट्दा समग्रमा नेप्से परिसुचक घट्न पुगेको हो । जसमा जीवन बीमा समुहको परिसुचक २६ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा २ दशमलव २६ अंकले गिरावट आएको छ ।

यसैगरी बजारमा माईक्रोफाईनान्स समुहको परिसुचक ६ दशमलव ७७ अंकले घट्दा विकास बैंक समुहको परिसुचक २ दशमलव २९ अंकले ओरालो लागेको छ ।

तर, घट्दो बजारमा होटल, फाइनान्स, निर्जीवन बीमा, जलविद्युतलगायतका समुहका परिसुचक सामान्य उकालो लागेका छन् ।

बिहीबार एनएमबी बैंकको सेयर कारोबार बढ्न बजारमा कारोबार रकम उच्च हुने पुगेको छ । आजैमात्र लगानीकर्तालाई बोनस सेयर र नगद लाभांस गरी ३० प्रतिशत बोनसको घोषणा गरेको एनएमबी बैंकको प्रतिकित्ता मूल्य १६ रुपैयाँले बढ्दै ७ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बजारमा दिनभर कुल २५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ४३ कम्पनीको ७ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL