Logo

केएल टावरको दशैंतिहार योजना संचालन, बम्पर उपहारमा मोटरसाइकल

केएल टावरको दशैंतिहार योजना संचालन, बम्पर उपहारमा मोटरसाइकल



काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएलटावरले दशैं तथा तिहारको अवसरमा ‘दशैं तिहार उपहार योजना’ संचालनमा ल्याएको छ ।

केएलटावरले संचालनमा ल्याएको उक्त मेलामा ५० वटा पसल, मिनी सो, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, मोबाईल हब लगायतका सामान खरिदमा ग्राहकले १ हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ ।

हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका रहेका छन ।

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन रहेको आयोजकले जानकारी दिएको छ भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज, टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर लगायतका घरायसी सामान उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

उपहार प्राप्त गर्नका लागि भने ग्राहकले के एल टावरमा रहेका आउटलेटमा कम्तीमा १ हजार रुपैयाँको सामान खरिद गर्नु पर्ने हुन्छ । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जानकारी दिएको छ ।

असोज १९ गते देखि संचालनमा ल्याएको उक्त मेला कात्तिक ३० गते सम्म रहने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL