Logo

फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा फुयाँल बिजयी, १९ सदस्यीय कार्यसमिति चयन

फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा फुयाँल बिजयी, १९ सदस्यीय कार्यसमिति चयन



काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको अध्यक्षमा कृष्णकुमार फुँयाल बिजयी भएका छन् । एशोसियशनको १७औं साधारणसभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

फुयाँलले एशोसिएशनका तत्कालिन अध्यक्ष रविनकुमार श्रेष्ठले जसको अध्यक्षमा कृष्णकुमार फुयाँल बिजयी हुनुभएको छ । फुयाँलले ४९ मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्वन्द्वी श्रेष्ठले ३४ मत ल्याएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी बिजयी हुँदा उपाध्यक्षहरुमा नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोक कुमार श्रेष्ठ (राजन) बिजयी भएका छन् । यसैगरी महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋिषिराज घिमिरे, कोषाध्यक्षमा दिपेन्द्र थापा बिजयी भएका छन् ।

यसैगरी सदस्यहरुमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतम, रामकृष्ण श्रेष्ठ, योगेन्द्र पाठक, रुद्र न्यौपाने, बलराज पौडेल, दिवाकर गिरी, अमित शाह, सुरज बन्जाडे चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र दुई सदस्यका लागि निर्वाचन भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL