Logo

केएल टावरमा सुरु भयो ‘बिग ‘सेल मेला, ५० प्रतिशतसम्म छुट

केएल टावरमा सुरु भयो ‘बिग ‘सेल मेला, ५० प्रतिशतसम्म छुट



काठमाडौं चाबहिल स्थित केएल टावरमा ‘बिग सेल’ मेला सुरु भएको छ । ४५ वटा भन्दा बढी पसल सहभागी हुने सो मेलामा ३ हजार भन्दा बढी सामान सेलमा रहनेछ ।

मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना डिस्प्लेमा राखिएको छ । सामान खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

शक्रबार बाट सुरु भएको मेला करिब एक महिना सम्म चल्नेछ । यस मेला अवधिभर १ हजार वा सो भन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपन मार्फत ग्राहकले हरेक दिन १ हजार बराबरको फ्री सपिङ्ग भौचर, मुभि टिकट लगाएत आकर्षक उपहार पाउन सक्नेछन् ।

त्यस्तै हरेक साता अमेरिकन टुरिस्टर्को लगेज ब्याग, फ्री लञ्च कुपन र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनालाई  टि.भि.एस जुपिटर क्लासीकू स्कुटर प्रधान गरिने छ । साथै ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहार २ वटा एफ क्यूब सिनेमाको टिकट सीतैमा उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

मेला अवधिभर के.एल टावरमा आउने ग्राहकहरुको मनोरञ्जनको लागी विभिन्न खाल्का कार्यक्रमहरू पनि राखिएको छ । जस अन्र्तगत फ्रि फेस पेन्टिङ, फेसन शो, म्यूजिकल इभेन्ट, बीबाइङ, हिपहप लगायत कार्यक्रमहरू समाबेस गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL