Logo

नेपाल बैंक सञ्चालक समितिले पारित गर्यो एफपीओ मूल्य, प्रतिकित्ता कतिमा आउला ?

नेपाल बैंक सञ्चालक समितिले पारित गर्यो एफपीओ मूल्य, प्रतिकित्ता कतिमा आउला ?



काठमाडौं । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा फरदर पब्लिक अफरिङ (एफपीओ) निश्कासन गर्ने भएको छ । बैंक सञ्चालक समितिले प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियम मूल्य तोक्दै एफपीओ निष्कासनका लागि स्वीकृत गरेको हो ।

बैंकले यसअघि उच्च मूल्य राख्दै एफपीओ निष्कासन गर्ने तयारी गरेको थियो । तर, बैंकको अहिलेको सेयर बजार मूल्य अनुसार उक्त मूल्य उच्च भएको गुनासो आएसँगै त्यसलाई घटाएर एफपीओ निकाल्न स्वीकृति प्रदान गरिएको नेपाल बैंकले जानकारी दिएको ।

बैंकले १ करोड करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनसँगै बैंकको चुक्ता पूँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL