Logo

बजारमा थपिए दुई बाणिज्य बैंकको ४ करोड ६७ लाख कित्ता सेयर

बजारमा थपिए दुई बाणिज्य बैंकको ४ करोड ६७ लाख कित्ता सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा थप दुई बाणिज्य बैंकको बोनस सेयर सुचिकृति भएको छ । यस अघि बोनस सेयर वितरण गरेका स्ट्याण्डर्ड चाटर्ड बैंक र माच्छापुच्छ्रे  बैंकको बोनस सेयर आजबाट कारोबार भएको हो ।

बजारमा दुई बाणिज्य बैंकको गरी ४ करोड ६७ लाख कित्ताभन्दा बढी सेयर थपिएको छ । बजारमा मागको तुलनामा आपूर्ति बढी भइरहेको अवस्थामा यी दुई बैंकको बोनस सेयरले बजारलाई अझै असर पार्ने भएको छ ।

जसमध्ये स्ट्ण्डर्ड चाडर्टको सबैभन्दा बढी ४ करोड ५७ लाख कित्ता बोनस सेयर आजबाट कारोबार सुरु भएको छ । बैंकले पूँजी बृद्धि योजना अन्तरगत सेयर धनीलाई शतप्रतिकत बोनस सेयर दिएको थियो ।

यसैगरी माच्छापुच्छ्रे बैंकको पनि ६६ लाख ५१ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । बजारमा आजै मात्र एभरेष्ट इन्स्योरेन्सको पनि २ लाख २ हजार कित्ता बोनस सेयर थपिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL