Logo

अर्थमन्त्रीलाई घच्घच्याउँदै इन्भेष्टर्स फोरम, ‘वण्ड’लाई कारोबारमा ल्याउन आग्रह

अर्थमन्त्रीलाई घच्घच्याउँदै इन्भेष्टर्स फोरम, ‘वण्ड’लाई कारोबारमा ल्याउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि अर्थ मन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको छ । पछिल्लो समय बजार दैनिक रुपमा घटेपनि सरोकारवाला निकाय मौन बसेको भन्दै सो विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको हो ।

इन्भेष्टर्स फोरमले आज अर्थमन्त्री डा. खतिवडालाई भेटेर पूँजी बजार सुधारका विषयमा आफ्ना माग समेत बुझाएको छ । पूँजी बजार सुधारका लागि यस अघि घोषणा गरिएको अनलाई ट्रेडिङ तत्काल संचालनमा ल्याउन तथा पूँजी बजारमा गैर आवासीय नेपाली (एनआरएन) लाई लगानी खुला गर्न माग गरिएको फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

साथै फोरमले सरकारले जारी गरेका वण्ड (ऋणपत्र) लाई सेयर बजारमा कारोबारमा ल्याउन, ओटीसी मार्केट संचालनमा ल्याउन तथा रियल सेक्टरलाई पूँजी बजारमा ल्याउनका लागि प्राथमिक सेयर जारी गर्दा फ्री प्राइसिङको व्यवस्था गरिदिन समेत आग्रह गरेको छ ।

पूँजी बजारमा हाल देखिएको समस्यालाई सरोकारवाला निकायले सम्वोधन नगर्दा यसमा आबद्ध लाखौं लगानीकर्ताहरु हतोत्साहित भएको पौडेलले जानकारी दिए । ‘घटेदो बजारका कारण १५ लाखभन्दा बढी लगानीकर्ता हतोत्साहित भएका छन् भने बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताको मनोवल समेत गिरेको छ,’ उनले भने, ‘आर्थिक बृद्धिको अभियानलाई मुर्त रुप दिन आवश्यक पर्ने पूँजी निर्माणको निर्विकल्प आधार पूँजी बजार भएकाले सोको विकास र विस्तारका लागि सम्वद्ध सरोकारवाला निकाय अझ बढी गम्भिर हुनुपर्छ ।’

साथै स्थिर सरकार, आईपीओ तथा एफपीओका लागि सरोकारवाला निकायले कार्यान्यनमा ल्याएको सिआस्वा, बढ्दो आधुनिक प्रविधि, बजारमा बढ्दै गएको म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ता, केही समयभित्रै संचालनमा आउने लागेको अनलाईन ट्रेडिङका कारण नेपालको सेयर बजारले उच्च गति लिने समेत फोरमको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL