Logo

झापाको विर्तामोडमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर, सेन्टर संख्या १२ पुग्यो

झापाको विर्तामोडमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर, सेन्टर संख्या १२ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमा अवस्थित नयाँ सर्भिस् सेन्टरको सोमबार शुभारम्भ गरिएको हो ।

विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस् सेन्टर झापामा खोलेको बताएको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, र बुटबलमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यस सर्भिस सेन्टरबाट सबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ ।

विर्तामोडमा प्रारम्भ गरिएको यो पहिलो सर्भिस सेन्टरबाट झापा, इलाम, फिदिम, ताप्लेजुङ एवं दमक तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL