Logo

केएल मोबाइल एक्स्पोको समय थपियो, स्टक क्लियरेन्समा ६० प्रतिशत सम्म छुट

केएल मोबाइल एक्स्पोको समय थपियो, स्टक क्लियरेन्समा ६० प्रतिशत सम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चाबहिलस्थित केएल टावरमा संचालन भइरहेको केएल मोबाइल एक्स्पोको समय थप गरिएको छ । आयोजकले असार मसान्त सम्मका लागि थप गरेको हो ।

मेलामा स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल ६० प्रतिशत छुटमा बिक्री गरिएको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

यसैगरि एक्स्पोमा मोबाइल खरिद सँगै केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन उपलब्ध गराएको छ । हबले अवलोकनकर्तालाई लक्की ड्रमार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई सामसुङ ग्यालेक्सी एस ८ दिइने ग्लाइडरले जानकारी दिए ।

वान प्लस ५ मोबाइलको प्रि बुकिङमा ७ हजार ८ सय रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र क्लब डेजाबुको १ बर्षको लागि प्रिभिलेज कार्ड उपलब्ध गराइने निर्देशक संगम राइले जानकारी दिए ।

मेलामा २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार भइरहेको छ । जसमा एमआइ, आइफोेन, सामसुङ, ओप्पोलगायतका ब्राण्डका मोबाइलहरु विक्री भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL