Logo

दिनभर उत्तरचढाव भएको नेप्से अन्तत २५ अंकले घट्यो, बढ्यो विक्री चाप

दिनभर उत्तरचढाव भएको नेप्से अन्तत २५ अंकले घट्यो, बढ्यो विक्री चाप


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार दिनभर उच्च रुपमा उत्तरचढाव भएको नेप्से अन्तमा २५ अंकले घट्न पुगेको छ । बजार खुलको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसको केही छिनमै झण्डै ४० अंकले ओरालो लागेको थियो । तर, त्यसमा सुधार हुँदै अन्तमा २५ अंकले घट्न गएको हो ।

बजारले विररिस ट्रेण्ड समाएसँगै लगानीकर्ताहरु हतास भएका छन् । बजार दिनहुँ घट्न थालेपछि लगानीकर्ताहरु आफुसँग भएको सेयर बेचेर सुरक्षित अवतरण गर्न लागेका छन् ।

मंगलबार पनि सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये बीमा समुहकै परिसुचक उच्च रुपमा घट्न पुगेको छ । बीमा समुहको परिसुचक १ सय ९१ अंकले घट्दा बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २४ अंकभन्दा बढीले ओरालो लागेको छ । यसैगरी, विकास बैंक समुह २२ अंकले ओरालो लाग्दा फाइनान्स समुह १६ अंकले घट्न पुगेको छ ।

बजारमा कारोवार रकम भने केही सुधार आएको छ । सोमबार ४८ करोड रुपैयाँको कारोवार हुँदै बन्द भएको बजार आज साढे ५९ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । दिनभर कुल १ सय ३० कम्पनीको १० लाख ४१ हजार कित्ता सेयर कारोवार भएको छ ।

कुनै पनि कम्पनीको कारोवार रकम भने साढे ३ करोड रुपैयाँ माथी जान सकेको छैन । बजारमा सवैभन्दा बढी सिद्धार्थ बैंकको ३ करोड ३३ लाख रुपैयाँको सेयर किनवेच भएको छ भने दोस्रोमा बैंक अफ काडमाडौं लुम्बिनीको २ करोड ५९ लाख रुपैयाँको खरिदविक्री भएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL