Logo

एमएडब्लु अर्थमुभर्सले सुरु गर्यो ‘जेसीबी लाइभलिंक’ सेवा, मेसिन चोरी भएमा ट्रयाक गर्न सकिने

एमएडब्लु अर्थमुभर्सले सुरु गर्यो ‘जेसीबी लाइभलिंक’ सेवा, मेसिन चोरी भएमा ट्रयाक गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि जेसीबी हेभी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी मेसिनहरुलाई टाढाबाटै निगरानी र हेरचाह गर्न सकिने अत्याधुनिक ‘टेलिम्याटिक सिस्टम’ जेसीबी लाइभलिंक नेपालमा सार्वजनिक गरेको छ ।

‘जेसीबी लाइभलिंक अत्याधुनिक टेलिम्याटिक मनिटरिङ सिस्टम हो जुन मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई प्रत्याभुत गर्न तयार पारिएको हो । नेपालमा यस्तो प्रकारको प्रविधि भित्रिएको पहिलो पटक भएको एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले जानकारी दिए ।

यो प्रविधिले जेसीबी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्युरिटी (एसओएस)बारे महत्वपूर्ण जानकारी दिन्छ । जेसीबी लाइभ लिंक पहिल्यै संचालनमा रहेका जेसीभी ब्याक हो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिन्छ । अब जेसीबीका मेसिन चोरिएको खण्डमा भूउपग्रहमा माध्यमबाट ट्रयाक गर्न सकिनेछ । लाइभलिंकले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोबाइल फोन प्रविधिबाट सूचना पठाउँछ ।

साथै, मेसिन कति समय चल्यो, इन्धन खपत कति भयो र मेसिनको अवस्थाबारे जानकारी पनि यसले दिन्छ । यो सबै सुविधा वेबसाइट वा मोबाइल फोनमार्फत पाउन सकिन्छ ।

यसले मेसिनलाई प्रभावकारी र सुरक्षित ढंगले प्रयोग गर्न ग्राहकलाई मद्दत गर्छ । लाइभलिंकमा विशेष ‘जियोफेन्स’ सुविधा पनि छ । यो सुविधाले गर्दा मेसिन तोकिएको परिधिभन्दा बाहिर गएको अवस्थामा ग्राहकले तुरुन्त यसबारे जानकारी पाउने बताइएको । साथै, मेसिन वर्किङ आवरभन्दा बढी चलेको खण्डमा पनि मेसिन मालिकले जानकारी पाउनेछन् । यसले मेसिनलाई अनाधिकृत प्रयोग र चोरीबाट बचाउँछ ।

त्यसैगरी, मेसिन नचलेको अवधि, इन्धन खपत, इन्धनको मात्रा र इन्जिन लोडबारे सूचना लाइभलिंकले दिन्छ जसले गर्दा कम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सकिन्छ । तसर्थ, लाइभलिंकले मेसिनको सर्भिस, अपरेसन र सेक्युरिटी (एसओएस)मा महत्वपूर्ण योगदान दिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL