Logo

सार्वजनिक सवारीसाधनमा चरम लापरवाही : स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम, भाडा भने दोब्बर असुल

सार्वजनिक सवारीसाधनमा चरम लापरवाही : स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम, भाडा भने दोब्बर असुल



काठमाडौं । करिव ४ महिना लामो लकडाउन साउन १ गतेदेखि खुल्यो । सार्वजनिक यातायातका सवारीसाधनहरु संचालनमा आए, उद्योगधन्दाहरुले आफ्नो काम सुरु गरे ।

सरकारले असार २६ गतेदेखि नै जिल्लाभित्रै सार्वजनिक यातायात सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न मापदण्ड पनि राखिएको थियो । सरकारले सार्वजनिक सवारीसाधनलाई दैनिक जिवाणुरहित बनाउने, २ सिटमा १ जना बस्न पाउने, गाडीमा मास्क अनिवार्य गर्ने, सेनिटाईजरको व्यवस्था गर्ने, सहचालक र चालकले पन्जा र मास्क अनिवार्य लगाउनुपर्नेलगायतका मापदण्ड बनाएर सार्वजनिक सवारीसाधन संचालनमा ल्याउन निर्देशन दिएको थियो ।

हाल सार्वजनिक सवारीसाधन पुर्ण रुपमा संचालनमा त आए तर भाडा बढाउने बाहेकका अन्य मापदण्ड पालना नगरी । सरकारले यात्रुलाई २ सिटमा १ जना राख्नुपर्दा व्यवसायी घाटामा जाने भन्दै पहिलेको भाडामा ५० प्रतिशत थपेर लिनसमेत आग्रह गरेको छ । तर सरकारको दिएको अन्य कार्यविधि पालना नगरेपनि व्यवसायीले भाडा बढाउने कार्यविधि भने पूर्णरुपमा पालना गरेका छन् ।

हाल काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्ने क्रममा वृद्धि भईरहेको छ । सार्वजनिक यातायात संचालनमा आएपछि सिट क्षमताभन्दा बढी यात्रु बोक्न सवारीसाधन पछि पर्दैनन । यस्तै हाल उपत्यकामा संचालित बसहरुमा न त जीवाणुरहित गर्ने कुनै काम गरिएको छ न सेनिटाईजर र मास्कको व्यवस्था गरिएको हुन्छ । तर बसमा कोच्चिएर यात्रु राख्दा पनि सहचालकले डेढी भाडा भने उठाउन छोड्दैनन ।

यस्तो बेलामा अझै व्यवसायीले लामो रुट तथा मध्यम रुटमा पनि सवारीसाधन संचालन गर्ने वातावरण मिलाउन आग्रह गर्दै आएका छन् । अझै व्यवसायीहरुले सार्वजनिक सवारीसाधनका लागि यात्रु नपुगेको गुनासो गर्दै आईरहेका छन् ।

सरकारले निर्णय गर्दा पनि विभिन्न मागहरु राखेर सार्वजनिक सवारीसाधनहरु संचालनमा नल्याएका व्यवसायीहरुले विभिन्न छलफलपश्चात मात्रै संचालनमा ल्याएका थिए । आफ्ना सम्पुर्ण मागहरु पुरा नहुँदासम्म सवारी संचालनमा नल्याउने भन्दै धाक लगाउने यातायात व्यवसायी अहिले जनतालाई पहिलेझैं नै कोचेर पनि दोब्बर भाडा असुलेर पनि सुरक्षा मापदण्ड पालनामा वेवास्ता गरिरहेका छन् । जसले संक्रमण फैलने त्रासमा सर्वसाधारण डराएर यात्रा गर्न बाध्य भएका छन् ।

यसरी सार्वजनिक सवारीसाधनकै कारण पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएको विज्ञहरु बताउँदै आएका छन् । पछिल्लो केहिदिनदेखि काठमाडौं उपत्यकामा प्रतिदिन ३० देखि ६० जना कोरोना संक्रमित थपिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL