Logo

दुई दिन खुलेको सेयर बजार पुनः बन्द गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन

दुई दिन खुलेको सेयर बजार पुनः बन्द गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन



काठमाडौं । लामो समयको लकडाउन पश्चात मंगलबार र बुधबार खुलेको नेप्से परिसुचक पुनः बन्द भएको छ । पछिल्लो समय फैलिदो कोरोना संक्रमणका कारण सरकारले लकडाउनलाई थप कडा बनाउने निर्णय गरेसँगै धितोपत्र बोर्डले पनि सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

laxmi

आजैका मितिदेखि सेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिइएको बोर्डका अध्यक्ष भिष्म ढुंगानाले जनकारी दिए । ‘बोर्डले भर्खरै मात्र आजैका मितिदेखि कोरोबार बन्द गर्नु भनेर नेप्सेलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘तर बजार कहिलेसम्म बन्द हुन्छ त्यो निश्चित छैन ।’

कोरोनाको असर सामान्य अवस्थामा आएर केही चलहपहल सुरु नभएसम्म बजार बन्द रहन सक्ने समेत बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL