Logo

यी हुन् सार्वजनिक सवारीसाधनको टिकट मूल्यका आधारमा विश्वकै सवैभन्दा महंगा शहरहरु

यी हुन् सार्वजनिक सवारीसाधनको टिकट मूल्यका आधारमा विश्वकै सवैभन्दा महंगा शहरहरु



काठमाडौं । भनिन्छ कुनैपनि शहर समृद्ध हुनलाई सार्वजनिक सवारीसाधनको सहजताको ठूलो आवश्यक पर्दछ । डच बैंकले हालै विभिन्न शहरहरुको विश्व मूल्य र बसाई गुणस्तरसम्बन्धी बार्षिक सर्भेको आठौं संस्करण सार्वजनिक गर्याे ।

laxmi

उक्त सर्भेमा विभिन्न ठुला शहरहरुको बसाईको गुणस्तर र मुख्य ५५ शहरको सार्वजनिक यातायातको मूल्यको बारेमा विश्लेषण गरिएको छ । उक्त अध्ययनले विभिन्न शहरको मासिक टिकटको दर धेरै फरक रहेको उल्लेख गरेको छ ।

विश्वमै सार्वजनिक यातायातको मूल्य लण्डनको मूल्यभन्दा उच्च नरहेको उक्त अध्ययनले देखाएको छ । बेलायतको लण्डनमा सार्वजनिक यातायातको मासिक टिकट १ सय ७९ डलर छ जुन विश्वकै सबैभन्दा महंगो टिकट मूल्य हो ।

बेलायतमा सार्वजनिक सवारीसाधनको उच्च मूल्यका बाबजुद बसहरुसँगै ट्युब र लाईट रेलको संजालले यात्रीहरुलाई उत्तिकै मात्रामा सहजता प्रदान गरिरहेका छन् । यस्तै आयरल्याण्डको डब्लिन शहर भने महंगो यातायात सेवा भएका शहरहरुमध्ये दोस्रो स्थानमा पर्दछ । यहाँ सार्वजनिक यात्रीका लागि मासिक टिकट मूल्य १ सय २८ डलरसम्म पर्दछ ।

यस्तै न्युजिल्याण्डको अकल्याण्ड भने सार्वजनिक सवारीको मासिक टिकट मूल्य १ सय २५ दशमलव ७० डलरसहित तेस्रो स्थानमा परेको छ । यस्तै अमेरिकाको न्यूयोर्क सिटीमा भने मासिक टिकट लिने सार्वजनिक यात्रुका लागि १ सय २१ डलर मूल्य छ । जहाँकी सिकागो शहर भने १ सय ७ डलरसहित नवौं स्थानमा परेको छ ।

सार्वजनिक सवारीको महंगो मूल्यकै कारण लण्डन जाने प्रायजसो मानिसहरु सार्वजनिक सवारी र कार भाडामा लिनबाट जोगिने हरसम्भव प्रयास गर्छन । बेलायतमा कार भाडामा लिँदा पनि प्रतिदिन १ सय ७२ डलरसम्म मूल्य पर्दछ । जुन मूल्य ड्राईभरले लिने पार्किङ शुल्क बाहेकको शुल्क हो । डच बैंकले गरेको उक्त सर्भेक्षणमा नेपाल भने परेको छैन । अध्ययनमा सार्वजनिक सवारीसाधनको मासिक टिकटको मुल्य सबैभन्दा कम रहेको शहरमा अर्जेन्टीनाको ब्युनस आयर्स रहेको जसको मूल्य १५ डलर मात्रै छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL